दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु दुई जना घाइते

दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु दुई जना घाइते

Accident  photo

दाङ । दाङमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् ।

बुधबार दिउँसो गढवा गाउँपालिका– ५, कक्रहवास्थित गढवा कोइलाबास सडकखण्डमा भैसहवादेखि कोइलाबासतर्फ जाँदै गरेको
अवस्थामा दुर्घटना भएको हो । अटो अनियन्त्रित भई दुर्घटना हुँदा राजपुर गाउँपालिका– ३, भैसहवा निवासी वर्ष ५० का तुलाराम विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । दुर्घटना हुने अटोको नम्बर भने रा१ह ५९०४ रहेको छ । विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँका अन्दाजी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का अन्दाजी वर्ष ३६ का प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले बताएको छ । अटो चालक राजपुर गाउँपालिका– ३, भैसहवा निवासी वर्ष ४० का मदन विक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...