सुनचाँदीका गरगहनासहित कैलालीमा २ जना पक्राउ

सुनचाँदीका गरगहनासहित कैलालीमा २ जना पक्राउ

33gold

धनगढी। सुनचाँदीका गरगहनासहित जिल्लाको टीकापुरबाट २ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्याल र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो बाजुराको बुढीगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशीलाई सुनचाँदीसहित पक्राउ गरिएको बताएको हो ।

टीकापुर नगरपालिका–१ गणेशपुर शिबिरस्थित २८ वर्षीया धर्मा जैसीको घरभित्र खाटमा कालो रंगको झोला राखेर बसिरहेको अवस्थामा झोला चेकजाँच गर्दा सुनचाँदी लगायतका गरगहना फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...