सुनसहित दुई भारतीय नागरिक पक्राउ

सुनसहित दुई भारतीय नागरिक पक्राउ

Gold price

काठमाडौं । आधा किलो सुनसहित दुईजना भारतीय नागरिकलाई कैलालीको धनगढीबाट पक्राउ गरिएको  छ। भारतको पलियाकला खिरी बस्ने ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित बर्मालाई धनगढीको ट्राफिक चोक चौराहाबाट ५४९.२०० ग्राम सुनसहित पक्राउ गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बर युपी ३२ जेभी ९२०० नम्बरको कारलाई चेकजाँच गर्दा गाडीभित्र ज्याकेटको खल्तीमा लुकाइराखेको सुन बरामद गरेको हो। सुनका दुईवटा टुक्रा बरामद छ ।

यस्तै एक थान ल्यापटप, दुई थान मोबाइल, ४४ हजार आठ सय नेपाली रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बरामद सुन कहाँबाट ल्याएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...