विद्युत सर्ट हुँदा डोटीको एक घरमा आगलागी

Aaglagi

डोटी। डोटी जिल्लाको एक घरमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

जिल्लाको दिपायल–सिलगढी नगरपालिका–३ माटेओडारस्थित पशुदेवी साउँदको घरमा विद्युत सर्ट भएर आइतबार दिउँसो आगलागी भएको हो। साउँदको घरमा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीबाट फर्निचर, खाद्यान्न, भाँडावर्तन,लत्ताकपडा, सुनका गरगहना तथा नगद समेत जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीय तथा प्रहरीको सहयोगबाट आगलागी नियन्त्रण भएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...