बाजुरा भूकम्पमा मानवीय क्षति भन्दा भौतिक क्षति बढी

बाजुरा भूकम्पमा मानवीय क्षति भन्दा भौतिक क्षति बढी

Earthquk

बाजुरा । बाजुरामा शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न शुरु गरिएको छ। सामान्यरूपमा स्थानीयको घरहरु चर्किएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले बताए । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान गएको ५.२ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभएको पाइएको छ । विकट हिमाली जिल्ला बाजुराका  स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन जारी रहेको मण्डलले बताए। घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्धार गरिएको उहाँको भनाइ छ।

जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...