आज बिहानै बाजुरा केन्द्रविन्दु बनाएर पाँच रेक्टरको भूकम्प

आज बिहानै बाजुरा केन्द्रविन्दु बनाएर पाँच रेक्टरको भूकम्प

Download

 बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्प गएपछि स्थानीयले घर बाहिर निस्किदै होहल्ला गरेका हुन्। भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन। यसको असर बझाङका केही स्थानमा समेत परेको पाइएको छ । बझाङ सदरमुकामका स्थानीयबासीहरुले भुकम्पको धक्का महशुस गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...