चोरी गरिएको मोटरसाइकल खोला किनारमा फेला

चोरी गरिएको मोटरसाइकल खोला किनारमा फेला

धनगढी । चोरी गरिएको मोटरसाइकल खोला किनारमा फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–२ खानेपानी नजिकै बस्ने २५ वर्षीय विवेक नागरीको मोटरसाइकल चोरी भएको थियो। अत्तरियाबाट चोरी गरिएको मोटरसाइकल खोजतलास गर्दै जाने क्रममा प्रहरीको टोलीले हिजो फेला पारेको हो। हिजो साँझ गोदावरी नगरपालिका–४ स्थित खैराना खोलाको किनारमा वेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको थियो ।

उनले आफ्नो घरको आगनबाटै सुदूरपश्चिम प्रदेश ०२–००३ प ३९६८ नम्बरको पल्सर मोटरसाइकल पार्किङ गरी राखेको अबस्थामा चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...