सवारी दुर्घटनामा दोलखाका एकजनाको मृत्यु

सवारी दुर्घटनामा दोलखाका एकजनाको मृत्यु

Crime scene

लामोसाँघु । जिरी सडकखण्डको चरिकोटस्थित चोथाङमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ। मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका– ६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन्। शुक्रबार दिउँसो सिन्धुपाल्चोकबाट दोलखातर्फ आउँदै गरेको प्रदेश नम्बर ३ ०१–०२४ च २६०४ नम्बरको हाइलक्स गाडीले भीमेश्वर नगरपालिका– ६ महादेवखोलामा तामाङलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

त्यसपछि घटनास्थलबाट उपचारका लागि सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालमा पठाइएको थियो। गम्भीर अवस्थामा रहेका तामाङलाई उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...