आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने
काठमाडौं । आज जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ भने देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
प्रतिकृया दिनुहोस