एनपीएलको ट्रफी धरहराबाट अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

Npl troffff

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी धरहराबाट अनावरण भएको छ ।

धरहरामा एक कार्यक्रम गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन् । अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए ।

आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ ।

प्रतिकृया दिनुहोस