बागलुङ भ्यान दुर्घटना अपडेट : सय मिटर तल खसेको थियो भ्यान, मृतक ५ जनाकै पहिचान

Accident sketch

बागलुङ । बागलुङको जैमिनी -७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटना भएको थियो ।

भ्यानमा सवार ६ जनामध्ये एक जना घाइते छन् । ४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ । घटनास्थल सदरमुकाम देखि झन्डै ४० किमी दक्षिणमा पर्छ ।

 

बागलुङको छिस्तीमा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ जनाको जिवितै उद्धार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...