दशैंको सुकिला नोट असोज १३ मै पाइने, कहाँ कहाँ पाइन्छ ?

New note money

काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ । 

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर,वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंककले जनाएको छ ।  साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ ।

हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्र दिने भएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी स्थानहरुमा पानी पर्ने

Mausam news

काठमाडौं । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । बिस्तारै देशभर चिसो बढ्दै ग...