पोलियो मुक्त भएको १४ वर्षमा ढलको पानीमा भेटियो पोलियो भाइरस

Guheshwori gokarna khanda ma dhal

काठमाडौं । काठमाडौंको ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस पुष्टि भएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।

नेपालमा अन्तिम पटक सन् २०१० मा पोलियोको बिरामी फेला परेका थिए । त्यसयता भने पोलियो संक्रमित फेला नपरेका कारण विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया क्षेत्रले २०१४ मा नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरेको थियो ।

परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो र प्रयोगशालाको रिर्पोट २९ असारमा आएको थियो ।

‘ढलको नुमनामा दिसा परीक्षण गर्दा पोलियो भाइरस देखिाएको हो । अब पोलियो उन्मूलनका लागि गर्नुपर्ने गतिविधिलाई पुनः शसक्त रुपमा कार्यावन्यन गर्न जरूरी छ,’ डा। गौतमले भने । टुकुचा–बागमती आसपासका ढलको नमुना थप संक्लन गरेर परीक्षण गर्ने तयारी रहेको छ । ढलमा पोलियो भाइरस देखा परेसँगै राष्ट्रिय खोप सल्लाहार समिति र पोलियो रोग उन्मुलन सम्बन्धि राष्ट्रिय प्रमाणिकरण समितिसँग थप परामर्श र खोप अभियान संञ्चालन गर्ने तयारीमा महाशाखा जुटेको छ ।

पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ । पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ । नेपाललाई सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको थियो । सन् २०१० सेप्टेम्बरपछि नेपालमा पोलियोको भाइरस देखिएको थिएन ।

नेपाल पोलियो रोगमुक्त भएतापनि सन् २०१७ देखि काठमाडौंका विभिन्न पाँच ठाउँबाट महिनाको दुई पटक र उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराबाट महिनाको एक—एक ठाउँबाट एक पटक नमुना संकलन गरेर परीक्षण गर्दैं आएको छ । ढलमा पोलियो भाइरस भेटिएपछि ९ १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो दिने भ्याक्सिन महाशाखाले जनाएको छ ।

पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् ।

यो रोग विरुद्धको ओ।पि।भी र आइ।पि।भी खोप छन् । ओ।पि। भी खोप मुखबाट खुवाउनपर्छ भने आई।पि।भी खोप सुई मार्फत दिइन्छ । पोलयो रोग विरुद्ध दिइने दुई प्रकारका खोपहरुले एकअर्को खोपले प्रदान गर्ने प्रतिरोध क्षमतालाई सुदृढ गर्न परिपुरकको रुपमा काम गर्छन् ।

मुखबाट दिइने पोलियो खोप जीवित भाइरसबाट बनेको हुन्छ मुखबाट दिइने पोलियो खोपको फाइदा र बेफाइदा दुवै हुन्छ । जीवित भाइरस बनेको पोलियो खोप आन्द्रा हुँदै शरीरमा प्रवेशमा गर्छ । जुन शरीरमा संख्यात्मक रुपमा धेरै गुणा वृद्धि हुन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई सामान्य लक्षण जस्तै ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने हुन्छ । पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भइसकेपछि निको हुँदैन । यो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्छ ।
पोलियो भाइरसका कारण हुने रोगलाई पोलियोमाइलिटिस भनिन्छ । यो भाइरसको संक्रमणले धेरैमा सामान्य वा कुनै पनि लक्षण नदेखाए पनि केहीलाई पक्षघात वा मृत्यु पनि हुने जोखिम रहन्छ । पोलियो भाइरसका कारण मुख्य गरेर ५ वर्षभन्दा मुनिका बालबालिका अति जोखिममा हुन्छन् । पोलियो भाइरस निकै संक्रामक रोगको सूचीमा पर्छ । यो भाइरस मान्छेबाट मान्छेमा सर्न सक्छ ।

 

प्रतिकृया दिनुहोस