एकीकृत समाजवादी भन्छ, सुदूरपश्चिममा दीर्घ सोडारी मुख्यमन्त्रीको उम्मेदवार हो

Dirgh sodari

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो ।

यसअघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरे पनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । तर समाजवादीले सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने भन्ने सहमति भएपनि गत आइतबार गठबन्धन दलहरु एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन दिएर अघि बढाएपछि एकीकृत समाजवादीले कांग्रेसको साथ लागेर बैकल्पिक गठबन्धन बनाउने प्रयास थालेको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहमति जुटाएर सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने बातावरणा बनाएका थिए । सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका ४ सा‌सद छन् । सोडारीले एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन् । बिहबिार सोडीरीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...