सेयर बजारमा हरियाली हुँदा नेप्सेमा ५४.५४ अंकको वृद्धि, ८ अर्ब माथिको कारोबार

Share bazar badhyo

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक साढे ५४ अंकले वृद्धि भएको छ । मंगलबार ५४.५४ अंकले बढेर २ हजार १ सय ७५।१७ विन्दुमा उक्लेको छ ।

गत आइतबारको तुलनामा मंगलबार नेप्से २।५७ प्रतिशतले बढेको हो । गत आइतबार करिब ३१ अंकले बढेर बन्द भएको सेयर बजार मंगलबार करिब साढे ५४ अंकले बढेको हो ।

मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएकामध्ये २१४ कम्पनीको सेयर मूल्य बढ्यो, ३१ वटाको घट्यो र बाँकी २ वटाको स्थिर छ ।

एक दर्जन स्क्रिप्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा ज्योति विकास बैंकका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। यसैगरी हिमालयन ८०-२० को ९.७० प्रतिशतले मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो । सो कम्पनीको २८ करोड मूल्य बढीको सेयर कारोबार भयो । नेपाल इन्फ्रास्टक्चर बैंकको २३ करोड, एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको २१ करोड, हिमाल दोलखा हाइड्रोपावरको १७ र अपी पावरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

आज १ लाख ३३ हजार ६१ वटा कारोबारबाट २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढी हो । गत आइतबार सेयर बजारमा ५ अर्ब ४५ करोड रुपैयाा बराबरको सेयर कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस