स्वर्णलक्ष्मी सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Sahakari news

झापा । स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा दमकमा सम्पन्न भएको छ ।

झापाको दमक ६ मा केन्द्रिय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्ममा १ अर्ब १९ करोड बढी कारोबार गरेको छ । सो संस्थामा ६३ करोड भन्दा बढि निक्षेप बचत संकलन गरेको छ । ११ करोड ३२ लाख ८४ हजार शेयर संकलन भएको छ ।

स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारीले १३ करोड ६३ लाख ९८ हजार ७ सय बढिको कोष निर्माण भई ९८ करोड भन्दा बढि श्रृण लगानी भएको छ भने एक आर्थिक वर्षमा २ करोड २५ लाख भन्दा बढी बाह्य श्रृण भुक्तानी गरेको छ ।

स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघ नेपालका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले गरेका थिए ।

सो अवसरमा कर्मचारी प्रोत्साहन तथा पुरस्कारबाट उत्कृष्ट कर्मचारी, सहकारी संचारकर्मी सम्मान तथा पुरस्कारबाट सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने मनकुमार गदाल, उत्कृष्ट नम्वर ल्याउने बिध्यार्थी लगायतलाई नगदसहित सम्मान गरिउको थियो ।

२०६६ सालमा स्थापना भएको यस सहकारीले स्थापना कालदेखि नै रक्तदान, स्वास्थ्य सिविर, जेष्ठ सदस्य तीर्थाटन, बुहारी स्वागत कार्यक्रम, दीर्घरोग राहातकोष मार्फत आर्थिक सहयोग, सदस्य सुत्केरी खर्च, सर्पदंश उपचार खर्चबापत नगद भुक्तानी लगायतका सुविधाहरू सदस्यहरूलाई प्रदान गर्दै आइरहेको सहकारीका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस