नेपाल र भारतबीचको खेल सुरु, भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य

Asian cup cricket nepal vs india

काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।

खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो । भारतका लागि रोहित शर्मा र शुभमन गिलले ब्याटिङ गरिरहेका छन् ।

खेलमा भारतले जितका लागि नयाँ लक्ष्य पाएको छ । वर्षाका कारण लामो समय खेल अवरुद्ध भएपछि भारतले जितका लागि २३ ओभरमा एक सय ४५ रन बनाउनु पर्ने लक्ष्य पाएको हो ।

यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनाएको थियो । त्यस आधारमा भारतले जितका लागि ५० ओभरमा दुई सय ३१ रन बनाउनुपर्ने थियो । तर जवाफी ब्याटिङमा ओर्लिएको भारतले २.१ ओभरमा कुनै विकेट नगुमाई १७ रन बनाएपछि वर्षा सुरु भएको थियो ।

त्यतिबेला भारतका शुभमन गिल अविजित १२ र कप्तान रोहित शर्मा अविजित चार रन बनाउँदै क्रिजमा थिए । त्यसपछि लामो समयसम्म वर्षाका कारण खेल अगाडि बढ्न सकेन । वर्षा रोकिएपछि भारतले डकवर्थ एन्ड लुइस नियमका आधारमा नयाँ लक्ष्य पाएको हो ।

प्रतिकृया दिनुहोस