सिनामंगलमा भेटियो १ क्वीन्टर सुन, कहाँबाट आयो राजश्व तिरिएको त्यो सुन ?

Gold1 news

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा ल्याइएको ठूलो परिणाममा सुन भेटिएको छ ।

हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको छ । पछिल्लो पाँच वर्षयता सुन बरामदको दर ह्वात्तै घटेका बेला राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

पछिल्लो पाँच वर्षयता नेपालमा उल्लेख्य रुपमा सुन बरामद भएको थिएन । साढे ३३ किलो सुन प्रकरणपछि चलाइएको अपरेशनका कारण प्रहरीले सुन तस्करी रोकिएको दाबी गर्दै आएको थियो । तर, जानकारहरुका अनुसार विभिन्न कारणले प्रहरीको सक्रियतामा पनि कमी आउँदा सुन बरामद हुने क्रममा घटेको थियो ।

नेपाल प्रहरीले चलाएको सुनसम्बन्धी हरेक जसो अपरेशन विवादित बन्नु र सुराकीको रकम समेत घटेपछि यससम्बन्धी प्रहरी कारबाही ओझेलमा परेको थियो । योबीचमा गिरोहले पनि तस्करीको शैली फेरेको थियो । विभिन्न सामग्रीभित्र सुनको लेप लगाएर तस्करी हुने गरेको देखिएको थियो । स–साना परिमाणमा त्यस्ता सुन बरामद भइरहेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । यो सबै सामान चार दिन अगाडि हङकङबाट प्यासिफिक एयरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको प्रवक्ता खनालको भनाइ छ ।

यो विषयमा थप अनुसन्धान राजस्व अनुसन्धान विभागले गरिरहेको र उक्त सामान सबै मंगलबार नै विभागले लगेको उनको भनाइ छ । राजश्व अनुसन्धान विभागले बरामद सुन ८० केजी बढी भएको अनुमान गरेको छ । यो विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...