झिनो अंकले घट्यो शेयर बजार, ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार

Share ghatyo

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ ।

सोमबार कारोबार रकममा भने सुधार भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।

सोमबार २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार वित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै २.७१ प्रतिशतले कमाए ।

धेरै गुमाउनेमा होटल तथा पर्यटन उपसमूहका लगानीकर्ता छन् । उनीहरुले १.७२ प्रतिशतले गुमाए । सोमबार रावा इनर्जीको सबैभन्दा धेरै ९.९८ प्रतिशतले मूल्य बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंक, स्वेतगंगा हाइड्रो, अरुण कावेली पावर, नेपाल फाइनान्ससहितको मूल्य धेरैले बढेको छ ।

हिमालयन हाइड्रोपावर, सिटी होटल, सिद्धार्थ इक्विटी फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, प्राइम कमर्शियलको प्रमोटर सेयरसहितको धेरै कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...