धनकुटाको सहिदभुमीमा प्रथम महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्मन्न

Valibal sahidvumi

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिकामा प्रथम महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्मन्न भएको छ ।

असार १३ गतेदेखि १५ गतेसम्म पञ्चकृषण माविको प्राङ्खनमा सञ्चालन भएको सो प्रतियोगितामा वडा नं. ५ र वडा नं. १ विजेता बनेको छ । सक्षम खेलाडी, प्रतिस्पर्धी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउन आयोजित प्रथम अध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुक्रबार महिलातर्फ वडा नं १ र ५ बीच भएको फाइनल खेलमा १५–६ अन्तरले वडा नं ५ बिजयी भएको छ ।

पहिलो सेट २८–२५ ,दोस्रो सेट २५–१७ ,तेस्रो सेट १७–२५ , चौथो सेट २५–१९ ,पाचौ सेट १५–६ अंक सहित चार सेटमा जिद निकाल्दै प्रथम अध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पार्न वडा नं. ५ सफल भएको हो ।

पुरुषतर्फ वडा नं १ र वडा नं. ३ बीच भएको फाइनल खेलमा वडा नं. १ बिजयी भएको छ । वडा नं १ ले वडा नं. ३ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१६, दोस्रो सेट २५–१७, तेस्रो सेट २७–२५ ले वडा नं. १ विजयी भएको हो । महिला तर्फ वडा नं. ५ प्रथम हुदै नगद ४५हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । दृतीय वडा नं १ ले नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र पाएको छ भने तृतीय हुने वडा नं ४ लाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

पुरुष तर्फ प्रथम हुने वडा नं. १ ले नगद ४५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । खेलका दितिय भएको वडा नं ३ लाई नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र र तृतीय वडा नं. २ लाई १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

खेल समापन कार्यक्रममा गाँउपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की, वडा अध्यक्षहरु रमेशकुमार राई, सफल राई, आदेश राई, होमबहादुर राई, कार्यपालिका सदस्य सोम राना लगायतले पुरस्कार वितरण गरे ।

प्रतिकृया दिनुहोस