नेदरल्यान्ड्ससँग नेपाल ७ विकेटले पराजित, आईसीसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो

Nepal vs nedarlands cricket odi

काठमाडौं । नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल आईसीसी विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । नेपालले अब ७ देखि १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ ।

जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको हो । नेपालको हारसँगै नेदरल्याण्ड सुपर सिक्समा पुगेको छ । समूह ए बाट नेदरल्यान्ड्ससँगै जिम्बाब्वे र वेष्ट इण्डिजले सुपर सिक्समा स्थान पक्का गरेका छन् ।

यो समुह बाट एक खेलमा जित निकालेको नेपाल र अमेरिका भने सुपर सिक्सको यात्राबाट टाढिएका छन् । समुह बी बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपर सिक्समा प्रवेश गरेको छ । नेपाल रहेको समूहबाट यसअघि नै जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुगिसकेका थिए ।

नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७‍।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । पहिलो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र विक्रमजित सिंहले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुवात दिएका थिए ।

१३ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले विक्रमजितलाई एलबीडब्लु धरापमा पर्दै साझेदारी तोडेका थिए । विक्रम जित ४३ बलमा ३ चौका र १ छक्का हान्दै ३० रन बनाएका थिए ।

तेस्रो विकेटका लागि ओ डाउड र बास डे लीडेले ६२ रनको साझेदारी गरे । विष्फोटक ब्याटिङ गरेका ओ डाउडलाई गुलसन झाले २६.१ ओभरमा ९० रनमा बोल्ड आउट गरे । डाउडले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । बास डे लीडे ४१ र तेजा निदामानुरु २ रनमा नटआउट रहे । लिडेले ३९ बलमा ६ चौका हान्दै ४१ रनको योगदान दिए ।

सन्दीपले नै १४।५ ओभरमा वेस्ली ब्यारेसीलाई ३ रनमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए । त्यसअघि जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्टस् क्लबमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १ सय ६७ रन बनाउँदा अलआउट भयो । सुपर सिक्समा पुग्नका लागि निर्णायक मानिएको खेलमा नेपालका ब्याटरहरु चल्न सकेनन् ।

खराब प्रर्दशन गरेको नेपालले एक सय रन कटाउन २९ ओभरमा ५ विकेट गुमाएको थियो । नेपालका लािग कप्तान रोहित पौडेलले बनाएको ३३ रन नै सर्वाधिक रह्यो । ओडिआइमा ५० औं खेल खेलिरहेका कुशलले ५५ बलमा ३ चौका र १ छक्का हान्दा क्याच आउट भए । नेपालबाट ५० औं ओडिआइ खेल खेल्ने रोहित पहिलो खेलाडी हुन् ।

कुशल मल्ल २७, भिम सार्की २२, गुलसन झा १५ र दिपेन्द्र सिंह ऐरिले १४ रन थपे । कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शुन्य रनमा पवेलियन फर्के ।सन्दीप लामिछाने २७ रनमा क्याच आउट भए । सन्दीप ३३ बलमा ४ चौका हाने । ललित राजवंशी शुन्य रनमा नटआउट रहे ।

किफायती बलिङ गरेका नेदरल्याण्ड्सका बलरसामु नेपाली ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । नेदरल्याण्ड्सका लोगान भ्यान बेक एक्लैले चार विकेट लिए । विक्रमजित सिंह र बास डे लीडे ले दुई विकेट आफ्नो नाममा गरे । क्लेटन फ्लोयड र आर्यन दत्तले एक एक विकेट झारे ।

नेपालले जारी विश्वकपमा बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि वेस्ट इन्डिज विरुद्ध २ स ३२ र जिम्बाब्वेविरुघ २ सय ९० रन बनाएको थियो । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य भने नेपालले सहजै पूरा गरेको थियो ।

प्रतिकृया दिनुहोस