आज यी ६ वटा प्रदेशमा आउँदैछ बजेट, कुन प्रदेशमा कति बजेट आउँला ?

Budget logo

काठमाडौं । आज ६ वटा प्रदेशले बजेट सार्वजनिक गर्दै छन् । कोशी प्रदेशमा भने अध्यादेशमार्फत बिहीबार नै बजेट आइसकेको छ ।

आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुसार कोशी प्रदेश बाहेकका सबै प्रदेशमा शुक्रबार बजेट सार्वजनिक हुँदै छन् । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिलामन्त्रीले बजेट भाषण गर्ने छन् ।

मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि ४० अर्बको हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको भन्दा करिब ११ प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेको हो  ।

बागमतीले पनि चालू आवको भन्दा सानो आकारको बजेट ल्याउने भएको छ  । चालू आव ०७९/८० मा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षमा १० प्रतिशतसम्मले घट्ने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले ०८०र८१ का लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउँदै छ । चालु आवमा प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । बजेटअघिको छलफलमा चालू आवको भन्दा २० प्रतिशत कटौती गरेर बजेट ल्याउने भनिएको थियो । चालु आवका लागि ४२ अर्ब ६३ करोडको बजेट ल्याएकोमा चैतसम्म १५ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

सबैभन्दा सानो आकारको बजेट ल्याउने कर्णाली प्रदेशले यो वर्ष पनि ३० अर्ब ननाघ्ने गरी बजेटको तयारी गरिरहेको छ । यहाँको चालू आवको बजेट ३२ अर्ब ३१ करोड छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आवको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालर आवका लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याएको थियो ।

आगामी आवमा प्रदेशको कुल बजेट दुई खर्ब ७० अर्बहाराहारीको हुने देखिएको छ । चालु आवका लागि सात प्रदेशले तीन खर्ब पाँच अर्ब ४६ करोडको बजेट ल्याएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...