तेस्रो दिन पनि बढ्यो शेयर, ७.२७ अंकले बृद्धि हुँदा २ अर्ब ३० करोड ५८ लाख ८८ हजार

Share bazar badhyo

काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन समेत वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा उक्लिएको छ ।

बिहीबार बजार ०.३८ प्रतिशतले बढेको हो । यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बैंकिङ, होटल एण्ड टुरिजम, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि देखियो । दोल्ती पावर र भूगोल इनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य समेत बढ्यो । रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाए । खप्तड लघुवित्तको सेयर समेत धेरैले घटेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...