संसद भवनबाट बजेट भाषण शुरु, चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ

Prakash sharan mahat arthamantri

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले संयुक्त सदनमा बजेट भाषण सुरु गरेका हुन् ।

जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार अर्थ मन्त्रालयले तयार गरेको बजेट आज सार्वजनिक भइरहेको छ । बजेटको कार्यान्वयन भने साउन १ गते देखि आउने छ । तर कतिपय करका दरहरु भने भोलिदेखि नै लागू हुने छ ।

चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताए । विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले समेत आर्थिक वृद्धिदर न्यून हुने उनको भनाई छ । चालू आर्थिक वर्षको यस अवधिमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै रहेको र आयातित वस्तुको मूल्यवृद्धि बढी भएको उनको भनाई छ ।

चैत मसान्तसम्म सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चितीले ११ महिनाको वस्तु आयात धान्ने केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढेको छ भने चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा. महतले बताए । यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ छ । यो विनियोजनको ६७ प्रतिशत हो ।

बजेटले वर्तमान आर्थिक परिदृष्यलाई समेत मनन गर्दै दिगो विकास र उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने लक्ष्य राखेको बताए । साथै बजेटले जन अपेक्षालाई सम्बोधन गर्ने समेत उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...