पहिलो पाइलामै सहिद भीमनारायण कप प्लानिङ ब्वाइजको कब्जामा, वीरगञ्ज उपविजेता

Vim narayan cup khel

धनकुटा । पहिलोपटक धनकुटामा पाइला टेकेको काठमाडौंको प्लानिङ ब्वाइज क्लवले सहिद भीमनारायण गोल्डकपको उपाधी हात पारेको छ ।

निक्कै रोचक बनेको फाइनल खेलमा प्लानिङ ब्वाइज क्लवले वीरगञ्ज युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी हात पारेको हो ।

३ जना विदेशी खेलाडीलाई मैदानमा उतारेको प्लानिङ ब्वाइजले ट्रफीसहित ५ लाख रुपैयाँ नगर हात पार्दा खेलाडी र प्रशिक्षकहरु निक्कै खुसी देखिन्थे । प्लानिङ ब्वाइजका प्रशिक्षक सचिन्द्र धिमालले सबै खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेका कारण पनि धनकुटामा भएको भीम नारायण कप हात पारेको प्रतिक्रिया दिए । उनले जित मात्रै मुख्य कुरा नभए पनि सुन्दर नगरीमा आएर खेल्न पाउनु आफ्नो टीमको लागि गौरवको विषय भएको बताए ।

बुधबार मंगलबार हुने भनिएको फाइनल खेल भारी वर्षा भएका कारण स्थगित भएको थियो । बुधबार भएको फाइनल खेलको प्रारम्भदेखि नै प्लानिङ व्याइजले खेल आफ्नोकब्जामा राखेको थियो । मध्यान्तरअघि विदेशी खेलाडी यो निपोलियनले पहिलो गोल गरी फाइनल खेलमा गोलको खाता खोलेका थिए ।

मध्यान्तर थपिएको समयमा व्याइजकै विशाल दर्जीले थप १ गोल गरेका थिए । खेलअवधीभर वीरगञ्जलाई निक्कै दवावमा राखेको ब्वाइजले मध्यान्तरपछि थप २ गोल गर्न सफल बन्यो । मध्यान्तरपछि प्लानिङ व्याइजकै यो निपोलियन र समिर थापाले एक/एक गोल थपेर जित सुनिश्चित गरेका थिए ।

खेलअवधीभर उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट स्टाइकर, सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि प्लानिङ ब्वाइजले हातमा पार्न सफल बन्यो । प्लानिङ व्याइजका ३ विदेशी खेलाडीमध्ये यो निपोलियन उत्कृष्ट स्टाइकर भए भने सर्वोत्कृष्ट खेलाडीमा डेडी वाम्वा घोषित भए । फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका अभिनास थापा मगर घोषित भए । उनले नगद ४ हजार रुपैयाँ हात पारे ।

विजेता टिमका विशाल दर्जी उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकिपर लोकेश चौधरी, उत्कृष्ट स्टाइकर यो निपोलियन घोषित भए भने वीरगञ्जका उमेश कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले ७/७ हजार नगद र ट्रफी हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका डेडी वाम्वा घोषित भए । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरे ।

उपाधीका लागि प्रतिष्पर्धामा उत्रिएको वीरगञ्ज युनाइटेडका टीम क्याप्टेन अमर डंगोलले आफ्नो हारलाई स्वभाविक रुपमा लिएको बताए । खेलाडीहरुले राम्रो खेले पनि मध्यान्नको समयमा खेल्दा आफुहरुलाई निक्कै असहज भएको उनको भनाई थियो ।

शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा गोली हानी हत्या गरिएको थियो । उनकै सम्झनामा २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले सहिद भीमनारायण कपको सुरुवात गरेका थिए । भीमनाराणण श्रेष्ठलाई २०७३ सालमा हत्या गरिएको ३८ वर्षपछि मात्रै सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...