पानीले रोकिएको नेपाल र यूएईको बाँकी खेल आज, नेपाललाई जित्ने स्वर्णिम मौका

Cricke teem

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत घरेलु टोली नेपाल र यूएईबीचको स्थगित फाइनल खेल आज मंगलबार हुँदैछ । वर्षाका कारण सोमबार स्थगित खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ ।

मंगलबार पनि वर्षा हुनसक्ने मौसम पूर्वानुमान छ । त्यसैले नेपाललाई जतिसक्दो चाँडो खेल टुंगाउने हतारो हुनेछ । यूएईलाई अलआउट गरेपछि नेपालले जितको लक्ष्य भेट्टाउनुपर्ने छ । नत्र नतिजा आउन कम्तीमा २० ओभर ब्याटिङ गर्नुपर्नेछ । त्यसबाट नतिजा नआए सुपर ओभरका लागि जानेछ ।

१–१ ओभरको सुपर ओभर पनि खेल्न योग्य नभएमा वरीयताका हिसाबमा उपाधिको छिनोफानो हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेटको वरीयताअनुरुप गरिने निर्णयमा उपाधि नेपालको भागमा आउने छ । नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

आज सोही अवस्थाबाट खेल सुरु हुनेछ । आज पनि काठमाडौंमा वर्षाको सम्भावना छ । फेरि पनि खेल हुन नसके सुपर ओभरबाट निर्णय लिइने प्रयास गरिनेछ । सुपर ओभर पनि हुन नसके खेल रद्द हुनेछ । खेल रद्द भएमा नेपाल च्याम्पियन बन्दै एसिया कपमा पुग्नेछ ।

सोमबार यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पुनः सुरु भएको खेलमा वर्षा बाधक बनेपछि खेल आज हुन लागेको हो ।

हिजो भएको खेलमा ललित राजवंशीले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै पहिलो ओडीआई ह्याट्रिक नजिक पुगेका थिए । तर चौथो बल फाल्नु अघि नै पानी परेपछि खेल रोकिएको थियो । आज उनले पहिलो बलमा नै विकेट लिन सके ओडीआईमा ह्याट्रिक लिने पहिलो खेलाडी बन्नेछन् ।

नेपालका लागि ललित राजवंशी एक्लैले ३ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी र गुलसान झाले एक एक विकेट आफ्नो नाममा गरे ।

यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाएका छन् । आर्यन लाक्राले १३ र कप्तान तथा ओपनर मुहम्मद वसिमले ११ र बसिल अहमदले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...