गृहणी महिलाले घरमा नै बसी यसरी घटाउन सक्छन मोटोपना !

Motopana

काठमाडौं । महिलामा तौल बढनु एक समस्या बनिरहेको हुन्छ । खासगरी, गृहणी महिला आफनो बढेको तौलका कारण हैरान भईरहेका हुन्छन् । किनकी कामकाजी महिला आफनो तौललाई सन्तुलनमा राखिरहेका हुन्छन तर गृहणी महिला घरायासी काममा ब्यस्त रहनु पर्ने भएकाले आफनो बढेको तौललाई सन्तुलनमा राख्न सकिरहेका हुन्नन ।

उनीहरु तौल सन्तुलनका लागि समय पाउदैनन र मोटो शरिर लिएर बसिरहेका हुन्छन् । यीनीहरुलाई समय भए त जिम सेन्टर गएर आफनो शरिरको तौल सन्तुलनमा राख्थे तर समय नहुने भएका कारण उनीहरु असन्तुलितत शरिर लिएर बसिरहेका हुन्छन् ।

तर, यस्तो अवस्थामा के गर्ने त ? हामी तपाईलाई केही टिप्स बताउने छौं, जसले तपाईको शरिरको तौललाई सन्तुलित र आकर्षक बनाउन मद्यत गर्नेछ ।

यसरी घटाउनुहोस मोटोपना:

यदि तपाईं गृहिणी हुनुहुन्छ भने तौल घटाउन सजिलो छैन तर केही सजिलो उपाय अपनाएर आफ्नो शरीरलाई राम्रो बनाउन सक्नुहुन्छ। तौल घटाउने पहिलो उपाय भनेको भनेको हिँड्नु हो ।

हामी यो मान्दैछौं कि घरको कामले तपाईलाई फुर्सद हुदैन तर पनि बिहान वा साँझ जुन सुकै समय मिल्छ, त्यो बेला विस्तारै हिडन सुरु गर्नुहोस् । विस्तारै बिस्तारै हिडाईको गतिलाई क्रमशः अघि बढाउनुहोस र समयलाई पनि बढाउनुहोस । साथै, केही कार्डियो एक्सरसाइजको पनि गर्न सक्नुहुनेछ ।

यो होइन कि जुन सुकै काम र हिडाई तिव्र गतिमा गर्नुपर्छ तर आफनो क्षमता अनुसार हिडाईको गतिलाई अघि बढाउनुहोस । मोटोपना घटाउने भन्दैमा जर्वजस्ती र तिव्र गतिले नहिडनुहोस र न दौडनुहोस । यसका साथै खानपीनवाट बच्ने काम गर्नुहोस । जसमा चिल्लो र धेरै क्यालोरी हुनेवाला खाना नखानुहोस् । अस्वस्थ्यकर खानपिनलाई पुरै बन्द गर्नुहोस ।

जति सकिन्छ, घरमा बनाएको कुरा खानुहोस् । बाहिरका सबै खानेकुराहरुलाई बन्देज गराउनुहोस् । हाइड्रेट रहनुहोस र खानामा जति सकिन्छ फाइबारयुक्क्त खानेकुराहरु खानुहोस । साथै, प्रोटिन प्राप्त हुने खानेकुराहरु खानुहोस ।

र, तपाई एकदिनमा कति क्यालोरी उत्पादन गर्नुहुन्छ, त्यो नोट गर्दै जानुहोस । यसका लागि तपाईलाई स्मार्ट वाचको आवश्यक्ता पर्न जान्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...