एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

Nepal cricket

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।

जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ । यसअघिको खेल पानी परेका कारण रद्ध भएपछि नेपालले साउदी अरबसँग अ‌क बाडेको थियो । जससँगै नेपाल सेमीफाइनलमा गएको थियो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

नेपाल हाल तीन खेलबा ६.५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ । समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

यस समूहमा आज हुने हङकङ र कुवेतबीचको खेलको विजेता सेमिफाइनल पुग्नेछ । हङकङ तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ । दुई खेल जितेर चार अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । कुवेतलाई पराजित गरेमा हङकङ समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्नेछ । कुवेतले हङकङलाई पराजित गरेमा भने यूएई र कुवेतको समान ६ अंक हुनेछ यस्तोमा रनरेट निर्णायक हुनेछ ।

प्रतिकृया दिनुहोस