नेपालको लगातार दोस्रो जित, ४ अंकसहित नेपाल शीर्ष स्थानमा

Sandeep lamichhane   nepal vs oman cricket 21

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । यो खेल नेपालको ५० औं एक दिवसीय खेल थियो । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो ।

यो नेपालको ५०औं ऐतिहासिक वान डे पनि रह्यो । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्‍यो ।

कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो । कमजोर सुरुआतलाई ओझेलमा पार्दै कुशल मल्लले आफ्नो खेल जीवनको पहिलो वान डे शतक बनाएपछि नेपालले ठूलो स्कोर बनाएको हो । नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो ।

यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो । ३११ रनको लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा २६६ रन मात्र बनाउन सक्यो ।

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । यस प्रतियोगितामा १० राष्ट्र सम्मिलित छन् । १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् ।

समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल जित्ने टिम एसिया कपका लागि छनोट हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...