सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे

Share ghatyo

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

यसैगरि कुमारी बैंक लि. को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...