बढ्यो शेयर बजार, कारोबार भने ८७ करोड २१ लाख ४१ हजार मात्र !

Shere market badhyo

काठमाडौं । सेयरबजार बुधबार हरियो भएको छ । बजार परिसूचक नेप्से आज बढेको हो । योसँगै बुधबार १६७ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको घटेको र १२ वटाको उही मूल्यमा कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२ दशमलव ९२ अङ्कले बढेको छ ।

आज बैङ्किङ नौ दशमलव ४४, विकास बैङ्क ४४ दशमलव १२, वित्त १८ दशमलव १३, होटल तथा पर्यटन समूह १९ दशमलव ०५, जलविद्युत् २१ दशमलव ९७ र लगानी समूह शून्य दशमलव ६३ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव १५, लघुवित्त समूह ३२ दशमलव १६, व्यापार समूह २८ दशमलव ८८ र अन्य समूह ६ दशमलव ४६ अङ्कले बढेको छ ।

आज कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...