उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी

Jyotsna shreshtha

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले ८४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्ष चुनिएकी हुन् । उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन् ।

एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता थिए । भरत आचार्य अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको संयुक्त उम्मेदवार हुन् । विजयी ज्योत्स्ना श्रेष्ठ रामचन्द्र संघाई प्यानलकी उम्मेदवार हुन् ।

एसोसिएट सदस्यतर्फ १९ जनाको नतिजा यसअघि नै आइसकेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको हो ।

महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...