उद्योग वाणिज्य महासंघको महासंघमा सुरकृष्ण वैद्य र हेमराज ढकाल विजयी

Hemraj dhakal and surkrishna baidhya

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।

वैद्य ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

वस्तुतगतर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । ढकालले मनिषलाल प्रधान तथा सुकुन्तलाल हिराचनलाई पराजित गरेका छन् । ढकालले ६१ मत पाउँदा प्रधानले ५२ तथा हिराचनले ७ मत पाएका थिए । उनी उमेशलाल श्रेष्ठ समूहबाट प्रतिस्पर्धामा थिए ।

वरिष्ठ उपाध्यक्षतर्फको भने मतगणना जारी छ । तीन उपाध्यक्षमध्य एशोसिएटतर्फको मतगणना जारी छ । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ १९ सदस्यको नतिजा आएको छ । बिहीबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन् ।

महासंघको ५७ औं वार्षिक साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...