भरियो पर्वत अस्पताल, दैनिक आउँछन् कोभिडसँग मिल्दो लक्षण भएका २ सय बिरामी

Parbat hospital1

पर्वत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिनइन् । पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ' उनले भनिन् ।

दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने उनको भनाइ छ । ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ । मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा. अधिकारी बताउँछिन् ।

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन । अस्पतालका ५६ शय्यामा बिरामीले भरिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...