३ महिनापछि १ जना कोरोना संक्रमितको मृत्यु, १०६ जनामा कोरोना पुष्टि

Coronavirus won

काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको हो । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण पनि बढिरहेको छ । मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् । मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...