निरन्तर ओरालो लाग्न थाल्यो शेयर बजार, ९१ करोड ७६ लाखको कारोबार

Share market ghatyo

काठमाडौं । साताको तेश्रोे कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।

यसैगरी, नेप्से सुचकमा ८६ कम्पनीमा वृद्धि भएको छ । ११६ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ३६ लाख भन्दाबढीको कारोबार गरेको छ ।

एनआइसि एशिया बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको हो । मंगलबार १३ उपसुचक मध्ये ७ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।

मंगलबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरि सानिमा ग्रोथ फण्डको ८.९३ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको ७.७३ प्रतिशत र न्यादि हाइड्रो पावरको ६.८४ प्रतिशतले सेयर कारोबार बढेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...