नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८० कोरोना संक्रमित

Coronavirus won

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा ११ सय १७ जनाको परीक्षण गरिएकोमा ८० जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ४ सय ६६ जनाको पीसीआर गर्दा ६४ जना तथा ६५१ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । सोही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३० हजार २ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या २७९ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...