ओरालो लाग्यो शेयर कारोवार, ९२ करोड २ लाख ४९ हजार मात्रै कारोबार

Share market ghatyo

काठमाडौं । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से सुचकमा १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ ।

नेप्सेका अनुसार आज २६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर ९२ करोड दुई लाख ४९ हजारमा कारोबार भएको छ ।

आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ ।

आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ ।

लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...