प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालको कब्जामा, लाओस पराजित

Pradhanmatre nesans game

काठमाडौं । प्रधानमन्त्री थ्री नेशन्स फुटबल प्रतियोगिताको उपाधि नेपालले हात पारको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको फाइनल भिडन्तमा लाओसलाई २-१ गोलले हराउँदै नेपालले उपाधि हात पार्न सफल भएको हो ।

नेपालले यसअघि सन् २०२१ मा बंगलादेश र कीर्गिस्तान यू–२३ टिम सम्मिलित थ्री नेसन्स कप जितेको थियो । नेपाल पूरा प्रतियोतिगामा अपराजित रह्यो । भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।

खेल १(१ गोलको स्थितिमा रहेको बेला खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले ८७ औं मिनेटमा सुन्दर गोल गरेका थिए । यसअघि १७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको छ ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका हुन् । तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको छ । एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानको गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस