नेपालमा कोरोना बढेको बढ्यै, एकै दिन ३४ जनामा कोरोना पुष्टि

Coronavirus won

काठमाडौं । पछिल्ला महिनाहरुमा शून्यदेखि १० भन्दा कम रहेको कोरोना संक्रमितको संख्या पछिल्लो एक साता उकालो लागेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार ९ चैतमा १७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्रमशः २, ३, १६, ६९, २४ र ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा भेटिएको कोरोना भाइरस कुन भेरिएन्ट हो भन्ने यकिन भइसकेको छैन । चिकित्सकहरुका अनुसार अहिले समुदायमा कोरोनासँगै इन्फ्लुइन्जा पनि सँगसँगै आएको छ । कतिपय चाहिँ मौसम परिर्वतनसँगै रुघाखोकी भनेर घरमै बस्ने गरेका छन् भने कतिपयले परीक्षण गर्ने गरेका छन् ।

एक्सबीबी.१ भेरियन्ट भने पहिल्यै भेटिएको थियो । पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा भने बीए.५.२ भेरियन्ट भेटिएको थियो । सीमा नाकामा परीक्षण गर्दा संक्रमण भेटिएकाहरुको स्वाब जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ, केही दिनमा रिपोर्ट आउनेछ ।

डा. अभियान गौतमका अनुसार अहिले भारतमा फैलिएको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ संक्रामक बढी हो, तर भ्याक्सिन नलगाएका तथा रोग प्रतिरोधतात्मक क्षमता कम भएकाहरुका लागि यो भेरियन्ट घातक पनि हुनसक्छ ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्राकम रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पछिल्लो समय नेपालमा संक्रमण बढ्नुका तीन कारण हुन सक्ने बताउँछन् ।

पहिलो कारण छिमेकी मुलुक भारतमा भेटिएको नयाँ भेरिएन्ट एक्सबीबी.१.१६ हुनसक्छ । दोस्रो कारण नेपालमै घुमिरहेका भेरियन्टहरुबाट नयाँ भेरियन्ट विकसित भएका पनि हुन सक्छ भने तेस्रो कारण अन्य मुलुकबाट आउने मानिसहरुबाट पनि संक्रमण बढेको हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...