भुटानसँग नेपालको पहिलोपटक बराबरी खेल, नेपाल ४ अंकका साथ शीर्ष स्थानमा

Sports nepal

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपालसँगको बराबरीका बावजुद भुटान भने घर पर्केको छ ।

लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकमा शीर्ष स्थानमा रह्यो । यस नतिजाका कारण भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने लाओस फाइनल पुगेको छ । लाओसको ३ अंक भयो भने भुटान एकै अंकमा सीमित रह्यो ।

प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको दशरथ रंगशालामा भएको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । हारको संघारमा रहेको नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औं मिनेटमा गोल गरे । नेपालका लागि यो उनको पहिलो गोल हो । ५० औं मिनेटमा भुटानका गोलरक्षक छिरिङ धेन्डुपसँग ठोकिँदा अञ्जन विष्ट घाइते हुँदै मैदानबाट बाहिरिएपछि ठकुरी मैदान छिरेका थिए ।

भुटानसँग १(१ को बराबरीले पनि नेपाल फाइनलमा पुगेको छ । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ । पहिलो खेलमा नेपालसहित २(० ले हारेको लाओसले भुटानलाई हराएको थियो ।

प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद राखेपले सहयोग गरेको हो ।

प्रतिकृया दिनुहोस