धनकुटाको हिलेमा प्रदेश जिल्लास्तरीय पुरुष भलिवल प्रतियोगिता शुरु

Hile valibal

धनकुटा । धनकुटाको हिलेमा १६ औं आमन्त्रित कोशी प्रदेश जिल्लास्तरीय पुरुष भलिवल प्रतियोगिता शूरु भएको छ ।

प्रत्येक वर्ष राम नवमीको अवसरमा आयोजना गरिँदै आएको प्रतियोगिताको उद्घाटन खेल संखुवासभा र धनकुटाबीच भएको छ । यी दुई समूह बीचको खेलमा २५-१७, २५-१६, १९-२५ र २५-२२ सेटमा संखुवासभा विजयी भएको छ । भोजपुर र मोरङ बीचको दोस्रो खेलमा २५-२२,२५-१९ र २५-२१ को सेटकमा भोजपुरले जितेको छ ।

कोशी प्रदेशका ८ जिल्लाका खेलाडीहरुले सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले १ लाखसहित रामनवमीकप, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् भने दोस्रो हुनेले ५० हजारसहित कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । त्यसैगरी तेस्रो हुनेले नगद २५ हजारसहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाल भलिवल रेफ्री संघ कोशी प्रदेश अध्यक्ष विनय राई, जिल्ला भलिवल संघका अध्यक्ष गौरव कार्की, जिल्ला भलिवल संघ भोजपुरका दिलिप राई लगायतको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस