नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा कोरोना पुष्टि

Coronavirus won

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो ।

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको बताए ।

अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । उनले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे । भारतको उत्तरप्रदेश संक्रमण बढिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...