शेयर परिसूचक ५.३२ अंकले गिरावट, १ अर्ब १४ करोड १५ लाखको कारोबार

Share market ghatyo

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५.३२ अंकले गिरावट हुँदा १९३३.३१ अंकमा बन्द भएको छ ।

सो अंकको कमीपछि नेप्से १९३३ अंकमा झरेको छ । दिनभर कुल १ अर्ब १४ करोडको कारोबार भयो । ९२ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने ३ को स्थिर रहृयो । लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब २० करोडको कारेबार भएको थियो । बिहीबार २६ हजार ३७५ वटा कारोबारमा ३४ लाख २ हजार २६७ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब १४ करोड १५ लाखको कारोबार भएको छ ।

जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक ४ करोड ९४ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९७ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाखको कारोबार भएको छ । बिहीबार कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

बैंकिङ ४.९, विकास बैंक १४, फाइनान्स ५, होटल तथा पर्यटन ३५, जीवन बीमा ३४, उत्पादन ६, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा २१ अंक घटे । अन्य १, जलविद्युत् ०.२५ तथा ब्यापार २९ अंक बढ्यो । दुई कम्पनी युनिक नेपाल लघुवित्त र शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो ।

लिबर्टी इनर्जी र किसान लघुवित्तको मूल्य ४.९ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको ५.७, नयाा सारथी लघुवित्तको ४.८ तथा प्रभु लाइफको ४.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंक संस्थापक समूह अग्रस्थानमा रहे ।

प्रतिकृया दिनुहोस