लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा अल्लो उद्योगले तान्यो सबैको ध्यान

Allo

घोराही । दाङको पहिचानका् रुपमा मानिएको अल्लोबाट बनेका सामाग्रीहरुले सबैको ध्यान तानेको छ । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा राखिएका लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अल्लो उद्योगहरुले अल्लोका सामाग्रीहरुले सबैको मत तानेको हो ।

जो आकर्षणको स्टलहरु बनेका छन् । अल्लो उद्योगहरुको पनि बाक्लो उपस्थिति रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा गरेको प्रदर्शनीमा अल्लोको ७ वटा स्टलहरु छन् ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा मुख्य गेटबाट प्रवेश गर्ने बित्तिकै अल्लोबाट बनेका विभिन्न सामाग्रीहरु राखेका स्टलहरु राखिएका छन् । अल्लोबाट बनेका कपडा, जुत्ता, चप्पल, ब्याग, क्याप, टोपी, कोट, जुहारी कोट, मोदी कोट, सल, पर्स, किरिंग, मोबाईल ब्याग, अल्लो धागो लगायतका सामाग्रीहरु राखिएको छ ।

जसमा स्टल नम्बर १ सय ३ मा राष्ट्रिय अल्लो उद्यमी संघ, १ सय ४ मा विश्वासिलो अल्लो तथा कपडा उद्योग, स्टल न. १ सय ५ र १ सय ६ मा युनिक दिदि बहिनी अल्लो उद्योग घोराही, र स्टल न. १ सय ८, १ सय ९ र १ सय १० मा प्रेम निश अल्लो उद्योग, सुभ सौगात दाङ कोशेली घर र चिनारी महिला साझेदारी अल्लो उद्योग घोराहीले स्टलहरु राखेका छन् ।

अल्लोको बजार पछिल्लो समय फस्टाउदै गएको र दर्शकहरुले पनि धेरै मात्रामा प्रयोग गर्ने गरेको प्रेम निश अल्लो उद्योगका सञ्चालक प्रेमकुमारी पुनले बताइन् । प्रदर्शनीमा पनि निशुल्क रुपमा स्टल आफूहरुले पाएको र दर्शकहरुले पनि अवलोकनकालागी एवं खरिद गर्ने गरेको उनले बताइन् । अन्य जिल्लाहरुमा पनि स्टल लग्ने गरेको बताउदै उनले दाङमा यसको राम्रो विक्री हुने गरेको बताइन् ।

प्रदर्शनीमा आउने दर्शकहरुले अल्लोको सामाग्रीहरुको अवलोकनसँगै सामाग्रीहरु किनमेल गर्न आउने गरेको यूनिक दिदीबहिनी अल्लो उद्योगका हिसिला वलीले बताइन् । अल्लोको बारेमा बुझ्नसँगै किनमेलका लागि आउने गरेको उनले बताइन् ।

स्थानीय उद्योग एवं उत्पादनलाई प्राथमीकता दिएर निशुल्क रुपमा स्टलहरु प्रदान गरिएको र जसमा अल्लो उद्योगहरुले उत्साहका साथ स्थानीय उत्पादित अल्लोका सामाग्रीहरु राखेको स्टल व्यवस्थापन समितिका संयोजक सीता मल्लले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...