आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियामाथि नेपालको शानदार जित

Kusal bhurtel icc 20

काठमाडौं । ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेटमा सोमबार नामिबियामाथि शानदार जित हासिल गरेको छ ।

नामिबियालाई लिग टु मा नेपालले हराएको पनि यो पहिलो पटक हो । नेपालले २८६ रनको लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाएर २८७ रन बनाउँदै पूरा गर्दै जित निकालेको हो ।
सोमपाल कामीले विजयी चौका प्रहार गरे । नेपालले ओडीआईमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर समेत हो । सोमपालले खेलको तेस्रो ओभरमै नेपालका लागि पहिलो विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७।४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकाल्यो ।

यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै दुई सय ५४ रनको लक्ष्य चेज गरेको थियो ।

नेपालका लागि एक सय १३ बलको सामना गरेका कुशलले १० चौका र चार चौकासहित एक सय १५ रनको शानदार शतकीय इनिङ खेले । कप्ता रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किँदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किँदा करण केसी २० रन बनाएर अविजित रहे । त्यसअघि ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट भएका थिए । नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान र यान निकोलले सर्वाधिक तीन–तीन विकेट लिए ।

पहिलो इनिङमा नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका लिगेनले एक सय ३६ मा ९ चौका र पाँच छक्कासहित एक सय ३३ रन बनाएर पेभेलियन फर्के ।

यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए। कुशल मल्लले गरेको ३७औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेबाट क्याच हुनुअघि इरास्मसले ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६ रन बनाएका थिए ।

त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलात्कारको अभियोगमा तकरीबन ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए ।

उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए । करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए । कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिएका थिए ।

गत महिना नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा यो पहिलो खेल हो । नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्ने छ । शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...