कुशल भुर्तेल बने क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने पहिलो खेलाडी

Rohit vurtel

काठमाडौं । कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् ।

भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी -२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने नेपालको तेस्रो खेलाडी पनि बनेका छन् । यसअघि उनले तीन अर्धशतक प्रहार गरिसकेका छन् । शतक बनाउनुअघि एक दिवसीयमा उनको सर्वाधिक रन ८४ थियो ।

उनले आइसिसी पुरुष विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नामिबियासँगको जारी खेलमा भने आफ्नो करिअरमा नयाँ इतिहास कोरेका छन् । कुशलले मंगलबार विश्वकप लिग(२ मा नामिबियाविरुद्धको खेलमा १ सय रन बनाए ।

यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी -२० अन्तर्राष्ट्रिय गरी दुवै संरचनामा शतक बनाएका छन् । पारसले २०१९ मा यूएईविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय १५ र २०१९ मा सिंगापुरविरुद्ध सिंगापुरमा अविजित १ सय ६ रन बनाएका थिए ।

दीपेन्द्रले गत वर्ष कीर्तिपुर मैदानमा पपुवा न्यु गिनीविरुद्ध १ सय ५ रन बनाई एक दिवसीय अन्तर्राष्ट्रियमा आफ्नो शतक बनाएका थिए । लगत्तै उनले मलेसियाविरुद्धको ट्वान्टी(२० त्रिकोणात्मक शृंखलामा अविजित १ सय १० रन बनाएका थिए ।

कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए । ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...