प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंगदान गर्ने गरे घोषणा

Prachanda angdan ghosana

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपश्चात आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त घोषणा गरेका हुन् ।

अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ । उनले भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु । यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु ।’

केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छाडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु, त्यसलाई सम्बोधन गरिने छ ।’

नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै उनले सुनाए । ‘त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ । बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्’ प्रचण्डले भने, ‘नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ । मिर्गौला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ । यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु ।’

‘यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ । साथै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भीर छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...