राष्ट्र बैंकले साढे १८ अर्बको ट्रेजरी बिल्स जारी गर्ने

Nrb

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी पुस १२ गते साढे १८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कुल १८ अर्ब ५० करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको हो ।

पुस ११ गते उक्त ट्रेजरीको बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । बैंकका अनुसार ९१ दिनका लागि ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रूपैयाँ छुट्याइएको छ ।

यसअघि पुस ४ गते राष्ट्र बैंकले तीन किसिममा कुल १० अर्ब ८६ करोड रूपैयाँको ट्रेजरी बिल्स बिक्री गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...