धनकुटामा माघ पहिलो साता प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी हुने

Dkt mahotsab

धनकुटा । धनकुटामा माघ पहिलो साता प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सव हुने भएको छ ।

‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सव हुने भएको हो ।

महोत्सवमा जम्मा १ सय ५० वटा स्टल रहने र त्यसमध्ये १ सय ३५ वटामा प्रदेश न १ का विभिन्न जिल्लाहरुका उत्पादनका प्रदर्शनीका लागि छुट्टयाइएको छ भने १५ वटा स्टल स्थानीय तथा जातीय खानाका परिकार रहने छन् । महोत्सवबाट करिव ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले पत्रकार सम्मेलनमार्फत प्रदेश कै कृषि, रोजगार, व्यापार, पर्यटकीय एव् आर्थिक विकासका महोत्सवको आयोजना गरिएको बताए । उनले यस क्षेत्रको विभिन्न जिल्लाहरुमा कृषि, व्यापार लगायतका क्षेत्रको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धन हुने भएकाले पनि महोत्सव गर्न लागिएको बताए ।

उनले कृषि प्रदर्शनी, औद्योगिक बस्तुको प्रदर्शनिका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, बाल उद्यायन, पर्यटकीय स्थानहरुको फोटो प्रदर्शनी, सुचना प्रविधीका विभिन्न सामग्रीहरुको प्रदर्शनी रहने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...